काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर १३० रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १५ पैसा र बिक्री दर ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९८ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ १९ पैसा र बिक्री दर ९ रुपैयाँ २३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९६ पैसा र बिक्री दर ३४ रुपैयाँ १२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६२ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर