काठमाडौँ- पञ्चायती व्यवस्था रहिरहेको भए आज पूर्व मुमा बडा महारानी रत्नको जन्म दिन भदौ ४ बाल दिवस पर्ने थियो। यस उपलक्ष्यमा आज सरकारी विदा दिएको हुन्थ्यो। तर बहुदल आएपछि यो दिवस भदौ २९ मा सरेको छ।
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहले सोमबार ९० औँ जन्मोत्सव मनाउँदै छिन्। शाहको जन्मदिनको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन्।
ज्ञानेन्द्रले ट्वीट गरेर जन्मदिनको अवसरमा आमा रत्न राज्यलक्ष्मीलाई शुभकामना सन्देश दिएका हुन्। आमा रत्नको जीवन जहिले पनि चम्किलो उदाहरणको रुपमा रहेको पनि उनले ट्वीटमा उल्लेख गरेका छन्।
राजसंस्था उन्मुलन भएसँगै रत्न महेन्द्र मञ्जिलमा एक्लै बस्दै आएकी छन्। आफ्नो जन्मदिनको अवसर पारेर उनले सोमबार पहिलोपटक महेन्द्र मञ्जिलमा आफन्तलाई बोलाएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४