काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थतन्त्रका विषयमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्।
'सरकारले आजको समग्र अर्थतन्त्रकाबारे श्वेतपत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ,' शर्माले भने, 'एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ। अर्कोतर्फ के नेपाल श्रीलंका बन्दैछ? भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ। प्रमुख दलका रूपमा नेपाली काँग्रेसको कर्तव्य हो- जनतालाई ढाडस दिने, आशा जीवित राख्ने, विश्वासमा लिने।'
उनले प्रमुख प्रतिपक्षीलगायत संसदमा रहेका सबै दल एवं विज्ञ अर्थशास्त्रीहरुसहितको सर्वपक्षीय छलफल आयोजना जरुरी रहेको समेत उल्लेख गरेका थिए।
केपी ओलीले प्रधानमन्त्रीको कार्यालयमा शक्तिकेन्द्रित गरेको तर कांग्रेस नेतृत्वको सरकार गठन भएको एक बर्ष पुग्दापनी त्यसलाई सुधार नगरिएको भन्दै उनले सरकारको आलोचना गरेका थिए।
उनले भदौ दोस्रो सातामा नीति अधिवेशन गर्नसमेत प्रस्ताव गरेका छन्।
काँग्रेस केन्द्रीय समितिमा महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तुति (बुँदागत)
* महाधिवेशन सम्पन्न भएको ६ महिना
* काँग्रेसको नेतृत्वमा सरकार बनेको १ बर्ष
* आमनिर्वाचन आउन ४ महिना अघि काँग्रेस केन्द्रीय समितिको बैठकमा छौं हामि l
__अर्थतन्त्र बारे सरकारले श्वेत पत्र जारी गरोस्_
१) एकातर्फ हामीले घरेलु जिवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ l अर्को तर्फ के नेपाल श्री लंका बन्दैछ ? भन्ने मनोबैज्ञानिक त्रासलाई पनि चिर्नु छ l प्रमुख दलका रूपमा नेपाली काँग्रेसको कर्तव्य हो- जनतालाई ढाडस दिने, आशा जिवित राख्ने, विश्वासमा लिनेे l
२) अत सरकारले आजको समग्र अर्थतन्त्रका बारे श्वेत पत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ l
३) प्रमुख प्रतिपक्षी लगायत संसदमा रहेका सबै दलहरु एवं बिज्ञ अर्थसाश्त्रीहरु सहितको सर्वपक्षिय छलफल आयोजना जरुरी l
सरकार ३ महत्त्वपूर्ण सन्दर्भमा सफल -
* खोप,
*एमसीसी,
* स्थानीय चुनाव
( चुनाव व्यवस्थित रुपले सम्पन्न गराएकोमा म सम्माननिय प्रधानमन्त्री, माननीय गृहमन्त्री एवं निर्वाचन आयोगलाई बधाई दिन चाहन्छु l नेपाली काँग्रेसलाई पहिलो दल बनाउन नेतृत्व गर्ने - सभापति + देशभरको पार्टी पंक्ति सबैलाई बधाई )
केही महत्त्वपूर्ण सन्दर्भमा सरकार असफल
* केपी ओलिले प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्नु भयो। एक बर्ष पुग्दापनी त्यसलाई सुधार गरिएको छैन l
* सुशासनको कतिपय प्रश्नमा खरो उत्रन नसकेको स्थिति छ l
* संघ र प्रदेश सरकारका बीच पर्याप्त समन्वय हुन सकेको देखिन्न l
तत्काल `एक हप्ते´ अभियान
* भातृ संस्था पुर्णता र विभाग गठनको एक हप्ते अभियान
पार्टी केन्द्रीय कार्यालय भित्र संचालन गरौं l पद भएका साथीहरूसँग पनि जिम्मेवारी छैन l जगेडा मुक्तिको अभियान चलाऔं l
नीति अधिवेशन
नीति अधिवेशनको विधि, मिति र स्थान तय गरौं
(भदौ दोस्रो साता उपयुक्त)
हरेक मुद्दामा मुभ बढाऔं
* हरेक मुद्दामा कांग्रेसको प्रष्टता, अग्रता, हस्तक्षेप र नेतृत्व गरौं l
`गैह्र आवासीय नेपाली नागरिकता´को प्रक्रिया अघि बढाइए झैं ज्वलन्त र जिवन्त हरेक मुद्दामा सबल अग्रसरता लिउँ l
महामन्त्रीहरुको गतिविधिप्रती टिप्पणी गर्नुहुने प्रति आभार
१) विभाग ६ महिनामा बनाउने वैधानिक व्यवस्था छ , बनाउँ भन्नू र बनाउनु, सभापतिलाई सहयोग हो कि असहयोग ?
२) हजारौं युवा जिम्मेवारी विहिन छन्, भातृसंस्थालाई पुर्णता दिएर
सबैलाई परिचालित गरौं भन्नू असहयोग हो ? विरोध हो ? कि संगठनको काममा गति दिउँ भन्ने भावना हो ?
३) सहमहामन्त्रीहरुको भागमा विधानले निस्चित जिम्मेवारी तोकेको छैन, महामन्त्रीहरुलाई सघाउने भन्ने स्पिरिट मात्रै छ
( तर बिधानको धारा २५ को उपधारा ४ भन्छ - पदाधिकारीको कार्य विभाजन सभापतिबाट हुनेछ , त्यो गरौं भन्नू असहयोग हो ?
४) विदेशमा रहेका नेपालीको मतदानको अधिकार बारे दुई महामन्त्रीको मुभबारे पनि यहाँ प्रश्न उठेको छ l
* ७ चैत ०७४ मा सम्मानित सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगको नाममा आदेश गरेको थियो l
* ०७६ भदौ १७ गतेको केन्द्रीय समितिको बैठकको निर्णय नं ८ ले
विदेशमा रहेका नेपालीको मतदानको अधिकारबारे सरकारसँग माग गर्दै पहल गर्ने निर्णय गरेको थियो l
* विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्स मात्रै गनेर बस्न मिल्दैन
अब मतदानको अधिकार दिइनुपर्छ, सरकार र निर्वाचन आयोगले पहलकदमी लिनुपर्छ l
प्रशंसाको घण्टी र आलोचनाको डन्डी
* डा शेखरले होटलमा भेला गर्नु हुन्थ्यो/ हुन्नथ्यो त्यो एउटा पाटो हो l तर पार्टी भित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ त्यो मुख्य कुरा हो l
* एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो होl नेतृत्वको प्रशंसा गर्ने नाममा- ॐ जय जगदीश हरे गरेर घण्टी नबजाऔं l अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔं l
__अब बहुमतको अभियान__
केन्द्रीय समितीले १६५ संघीय क्षेत्र, प्रदेश कार्यसमितिले ३३० प्रदेश क्षेत्र, जिल्ला समितिले ७५३ एवं संघीय क्षेत्रले ६७४३ वडामा प्रतिनिधि पठाएर नीति अधिवेशन अघि या लगत्तैपछि रास्ट्रब्यापी रूपमा अभियान चलाऔं l
___प्राइमरी इलेक्सनको पाइलट प्रोजेक्ट__
* १६५ मध्ये १५ जति ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न कृयाशिल सदस्य माझ `प्राइमरी इलेक्सन´ गर्ने कि त्यसबारे छलफल प्रारम्भ गरौं !
( यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा काँग्रेस अरुभन्दा एककदम अघि हुनेछ र काँग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउने छ )