मंगलबार, चैत ३, २०८२

चिकित्सा शिक्षामा ३‍‍.६ प्रतिशत शुल्क वृद्धि

शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताइएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ। आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताएका छन्।

National life

उनले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिए। उनकाअनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३ दशमलव ६ प्रतिशत शुल्क वृद्धि गरिएको छ।

स्नातक तहतर्फको कार्यक्रममा एमबिबिएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९०, एमबिबिएस उपत्यकाबाहिर ४५ हजार ९५ हजार ७२०, विडिएस २० लाख ९२ हजार २९०, बिएस्सी नर्सिङ १० लाख ३६ हजार शुल्क निर्धारण गरिएको छ।

यस्तै बिएस्सी एमआइटी, बिपिटी, बि. मेडिकल माइक्रोलोजी र  बि. बायोक्यामेस्ट्री, बिपिएच, बिफार्मेसी, विपर टेक, बिएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ।

यस्तै स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको पनि सात लाख ५७ हजार ८३० तोकिएको छ।

Laxmi sunrise bank
kumari

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डिएम-एमचिएचको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगका उपसचिव शर्माले जानकारी दिए।

प्रकाशित: Jul 17, 2022| 00:00 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्