बिहीबार, वैशाख ३१, २०८३

शनिबार थपिए २०५ कोरोना संक्रमित

मन्त्रालयका अनुसार ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

National life

काठमाडौं– पछिल्लो २४ घन्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार १९९ पीसीआर परीक्षणमा १५२  र १ हजार ८९१ एन्टीजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ। शनिबारसम्म नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ।

प्रकाशित: Jul 16, 2022| 16:38 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्