शनिबार, चैत ७, २०८२

३.६ प्रतिशत बढाइयो चिकित्सा शिक्षाको शुल्क

स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको हो।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ। शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको आयोगका उपसचिव मेघराज शर्माले बताए।

National life

स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको उनको भनाइ छ। उनका अनुसार गत शैक्षिक सत्रभन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको हो। 

स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९०, एमबीबीएस उपत्यकाबाहिर ४५ हजार ९५ हजार ७२०, बिडीएस २० लाख ९२ हजार २९०, बिएस्सी नर्सिङ  १० लाख ३६ हजार शुल्क निर्धारण गरिएको छ। 

यस्तै, बिएस्सी एमआईटी, बीपीटी, बी.मेडिकल माइक्रोलोजी र बी. बायोक्यामेस्ट्री, बीपीएच, बीफार्मेसी, बिपर टेक, बीएएसएलपीलगायतको शुल्क ७  लाख ७७ हजार तोकिएको छ। यस्तै, स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको पनि ७ लाख ५७ हजार ८३० शुल्क तोकिएको छ । 

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको ३ लाख ४ हजार २२० र डीएम/एमचिएचको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगका उपसचिव शर्माले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 16, 2022| 16:22 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्