शुक्रबार, असार ५, २०८३

अर्थ मन्त्रालयको सीसीटिभी फुटेजको अध्ययन सुरु

सिंहदरबारमा शनिबार बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको समितिका सचिव सुरेन्द्र अर्यालले बताएका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभी फुटेजको अध्ययन सुरु गरेको छ। सिंहदरबारमा शनिबार बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको समितिका सचिव सुरेन्द्र अर्यालले बताएका छन्। 

National life

उनले भने, 'सीसीटिभीको बारेमा हेर्ने काम पनि भयो। आज आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने, त्यसपछि अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूसँग छलफल गर्नेछौं।'

सचिव अर्यालले आज प्राविधिक विषय सीसीटिभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुर्‍याउने पनि जानकारी दिएका छन्। 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई लगाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै पदबाट राजीनामा दिएका थिए।

यसअघि सीसीटिभी फुटेज माग गरिएपछि भने मन्त्रालयले १३ दिनभन्दा बढीको फुटेज राख्‍न नमिल्ने भएकोले डिलिट भएको जवाफ दिएको थियो। 

Shivam cement


प्रकाशित: Jul 16, 2022| 15:42 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्