शुक्रबार, असार ५, २०८३

एकै दिन काटियो २४ अर्बको चेक

असार लागेपछि २ खर्ब ५३ अर्ब खर्च भएको महालेखाको तथ्यांक।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– असार लागेपछि बजेट खर्चिने परम्परा यो वर्ष पनि दोहोरिएको छ। हरेक वर्षजस्तै आर्थिक वर्षको अन्तिम समय बजेट खर्च अत्यधिक देखिएको हो। पहिले भएको कामको भुक्तानी अन्तिम समय भएको र आर्थिक वर्ष अन्तिममा छिटोछिटो काम गरेर भुक्तानी दिइएको हो।  

National life

संघीय सरकारले एकै दिन २४ अर्ब रुपैयाँको चेक काटेको छ। शुक्रबार सरकारले सरकारले २४ अर्ब २१ करोड ४१ लाख  रुपैयाँ भुक्तानी दिएको हो। विकास निर्माणका लागि मात्रै शुक्रबार सरकारले ९ अर्ब ८४ करोडको भुक्तानी दिएको महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। 

सरकारले चालू खर्चका लागि ५ अर्ब ३२ करोड र वित्तीय व्यवस्थापनका निम्ति ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। शनिबार भए पनि सरकारले राजस्व संकलन र भुक्तानी व्यवस्थालाई खुला गरेको छ। असार मसान्त भएकाले सरकारले सेवा खुलाएको हो। 

एक दिन बाँकी रहँदासम्म सरकारको कुल खर्च १३ खर्ब १ अर्ब ४२ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत पुगेको छ। सरकारले असार महिनामा मात्रै २ खर्ब ५३ अर्ब  रुपैयाँ खर्च गरेको छ। असार १ मा सरकारी खर्च १० खर्ब ४८ अर्ब रुपैयाँ भएको तथ्यांक महालेखाले उल्लेख थियो। तर असार ३२ सम्म १३ खर्ब १ अर्ब खर्च भएको महालेखाले बताएको छ।

सरकारले राजस्व संकलन ९० प्रतिशत गरेको हो। ११ खर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य राखेको सरकारले हालसम्म १० खर्ब ५९ अर्ब रुपैयाँ संकलन गरेको हो। असारमा राजस्व संकलन १ खर्ब १४ अर्ब रुपैयाँ राजस्व भएको छ। असार १ मा ९  खर्ब ४५ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले शनिबारसम्म १० खर्ब ५९ अर्ब रुपैयाँ आम्दानी गरेको देखिएको हो।

Shivam cement

प्रकाशित: Jul 16, 2022| 15:05 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्