बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी टोलीलाई बजारभित्र थुन्‍न खोज्‍ने खतिवडा पक्राउ

सरकारी टोलीलाई बजारभित्र थुन्‍न खोज्‍ने खतिवडा पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– कालिमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडा पक्राउ परेका छन् । कालिमाटी तरकारी बजानर अनुगमनमा गएका सरकारी टोलीलामाथि अभद्र व्यवहार गर्ने तथा नियन्त्रणमा लिने प्रयत्न गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

आज (सोमबार) बिहान करिब तीन बजे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विभागका शाखा अधिकृत दिपक पोख्रेलको नेतृत्वमा कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनको लागि खटिएका थिए । अनुगमनको क्रममा बिलबिजक देखाउन नसकेको दुईटा ट्रकलाई नियन्त्रमा लिइएको थियो । 

उक्त टोलिमाथि कालिमाटी तरकारी बजारका विचौलियाहरुले अभद्र व्यभार गरेको, नियन्त्रणमा लिने प्रयत्न गरेको लगायत कार्य गरेपछि विभागले दोषि व्यवसायीलाई पक्राउ गर्न आदेश दिएको  विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । 

‘अहिलेसम्म  कालिमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडा र ट्रक ड्राइभरलाई पक्राउ गरिएको छ,’ उनले भने ‘अझै अनुगमन टोलीमाथि अभद्र व्यवहार गर्ने विभिन्न तरकारी बिचौलियहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।’ 

कालिमाटीको घटना बुझ्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, सचिव, महानिर्देशक गौचन, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलयायत घटनास्थल पुगेका थिए । ‘दोषिमाथि छानविन गरेर कानून बमोजिम कारबाही अघि बढाउछौं,’ महानिर्देशक गौचनले नेपाल समयसँग भने ।

विभिन्न सरकारी तथा निजी संघ संस्थाका अध्ययनहरुले कालिमाटी लगायतको तरकारी बजारमा  पाँच तहसम्मका बिचौलियाहरु रहेको रिपोर्ट बाहिर आइसकेको छ । त्यसैलाई मध्यनजर गर्दै पछिल्लो समय तरकारी बजारको बिचौलियालाई अन्त्य गर्न सरकार लागिपरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।