शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू वर्षमा ६ लाख २८ हजार पुग्यो श्रम स्वीकृति लिनेको संख्या

चालू वर्षमा ६ लाख २८ हजार पुग्यो श्रम स्वीकृति लिनेको संख्या

वैदेशिक रोजगारीका लागि यो वर्ष ५ लाख ७९ हजार ५२८ पुरुष र ४८ हजार ९७५ महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको असार ३० सम्म ६ लाख २८ हजारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांक सार्वजनिक गरेको छ। यो संख्या ५ वर्षयताकै उच्च रहेको विभागले बताएको छ।

National life

पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति लिनेको संख्या यो वर्ष ह्वात्तै बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारीका लागि यो वर्ष ५ लाख ७९ हजार ५२८ पुरुष र ४८ हजार ९७५ महिलाले श्रम स्वीकृति लिएको विभागले बताएको छ।

गत वर्ष कोरोना महामारीका कारण वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनेको संख्या घटेको थियो। गत आव २०७७/७८ मा १ लाख ६६ हजार ६९८ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। यस्तै, आव २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ र २०७५/७६ मा ५ लाख ८८ हजारले श्रम स्वीकृति लिएका थिए।

यस्तै, आव २०७४/७५ मा ६ लाख १२ हजार ६८५, आव २०७३/७४ मा ६ लाख ४२ हजार ८५९ ले वैदेशिक रोजगारमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए। 

विभागका अनुसार गत वर्ष १ लाख ६६ हजार ६९८ जनाले विदेश रोजगारीका लागि श्रम स्वीकृति लिएकामा यो संख्या चालू वर्षमा ६ लाख २८ हजार ५०३ पुगेको छ। यो संख्या गत वर्षभन्दा ४ लाख ६१ हजार ८०५ ले बढी हो।

Shivam cement

चालू आर्थिक वर्षको मंसिरमा सबैभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। मंसिरमा मात्रै ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएका थिए। गत साउनमा सबैभन्दा कम २५ हजार ४२७ जनाले श्रम स्वीकृति लिएका थिए।

चालू वर्षमा वैदेशिक रोजगारको प्रमुख गन्तव्य साउदीमा रोजगारीमा जान सबैभन्दा धेरैले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकामध्ये १ लाख ८८ हजार ३९८ ले साउदीका लागि स्वीकृति लिएका छन्। यसपछि कतारमा रोजगारका लागि १ लाख ८४ हजार ५०३ जनाले स्वीकृति लिएका छन्।

संयुक्त अरब इमिरेट्स (युएई) मा १ लाख २२ हजार ३६६ ले स्वीकृति लिँदा कुवेतमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३५ हजार ४४६ रहेको विभागले बताएको छ।

प्रकाशित: Jul 16, 2022| 12:02 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्