बिहीबार, असार ३२, २०८३

कर विरुद्ध कांग्रेसको आन्दोलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः स्थानीय सरकारले बढाएको करको विरोध धरानमा पनि शुरु भएको छ । अनावश्यक रुपमा करको दर बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन थालेको छ । त्यस्तै स्थानीय व्यापारीले पनि करको विरोध गरेका छन् । 

कर बढाएको भन्दै नेपाली कांग्रेस धरानका सभापति तिलक राईको नेतृत्वमा शनिवार नाराबाजी भएको थियो भने आइतबार उपमहानगरमा कांग्रेसले ज्ञापनपत्र बुझाएको छ। आइतबारै धरानमा कार्यालय भएको व्यापारिहरुको छाता संस्था उद्योग वाणिज्य संघ सुनसरीले पनि ज्ञापनपत्र बुझाएको छ।

कांग्रेसबाट ज्ञापनपत्र बुझाउदै सभापति तिलक राईले १० दिन भित्रमा कर बृद्धि फिर्ता गर्न अल्टिमेटम दिएको छ । व्यापरिको तर्फबाट सुनसरी उद्योग वाणिज्य संघका महासवि शिवराज श्रेष्ठले व्यवशायिले सिफारिस गरेको भन्दै सय प्रतिसत कर बृद्धि भएपछि धरानमा व्यवहाय गर्न सकस भएको बताए । उनले भने, ‘स्थानीय सरकारले करको बारेमा हामीसँग पनि राय मागेको थियो तर केहि पनि कार्यान्वयन गरिएन ।’



कर बारेमा छलफल हुन्छः कार्यवाहक मेयर

व्यापारी र कांग्रेसले कर बृद्धिको विरोध गरेर ज्ञापनपत्र बुझाएपछि कार्यवाहक नगर प्रमुख उपमेयर मन्जु भण्डारीले कर वैज्ञानिक भएको बताइन । स्थानीय सरकारले सबैसँग राय लिएरै कर निर्धारण गरेको भण्डारीले तर्क गरिन । उनले भनिन, ‘सर्वसाधारणहरुलाई मर्का पर्नेगरी कर बृद्धि गरिएको छैन।’ 
 
मर्कापर्ने गरी कर नबढाइएपनि अब बस्ने धरान स्थानीय सरकारको बोर्ड बैठकमा यस बारेमा छलफल गरिने बताइन । हाल धरान स्थानीय सरकार उपमेयर मञ्जु भण्डारीको नेतृत्वमा सञ्चालित छ। केहि समय अगाडि मेयर तारा सुब्बाको उपचारको क्रममा काठमाडौंमा निधन भएपछि धरान मेयरविहिन भएको छ ।
 
इटहरी र विराटनगरमा पनि असन्तुष्टि

धरानमा कर बृद्धिले आन्दोलनको रुपमा लिएपनि करको बारेमा प्रदेश १ का तीन मुख्य शहरहरु धरान, इटहरी र विराटनगर सबैतिर विरोध शुरु भएको छ । चौतर्फी विरोधपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले वृद्धि भएको कर फिर्ता लिने बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।