आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र, किसान चिन्तामा

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र, किसान चिन्तामा

मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ।
 |  शनिबार, असार ३२, २०७९

रासस

रासस

शनिबार, असार ३२, २०७९

महोत्तरी- मध्य असारयता  छिटो पानी नपरेपछि  मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ। 

National life

महोत्तरी बाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ।

असार मध्य यता पानी परेको छैन। त्यसअघि  परेको पानीमा धान रोप्न भनेर  हिल्याइएका खेत अहिले सुकेका  छन् । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन्। 

असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको  सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन्। मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले  यहाँका किसानलाई पिरोलेको छ।

'आज  असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के  गरी गुजारा गर्ने होला?,' भङ्गाहा नगरपालिका-४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले बिरक्तिँदै भने।

Laxmi sunrise bank
kumari

मध्य असार अघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन्। असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एक तिहाई नाघेको छैन। 'उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघा खोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्', भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, 'यो बढ्दो तापले सबै भताभुङ्ग पार्यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न।' 

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ। रोपोको पनि सुकेको छ। रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर खिस्रिक्क परेको छ। रोपेको खेतमा धाँजो फाट्दै छ। 

जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ। जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ। बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन्।

प्रकाशित: Jul 16, 2022| 09:37 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।