शनिबार, फागुन २३, २०८२

पर्वतमा धान रोपाइँको चटारो [तस्बिरहरू]

असार सकिनै लाग्दा पनि पर्वतका किसान भने रोपाइँमै व्यस्त छन्। कृषि ज्ञान केन्द्र पर्वतका अनुसार पर्वतमा हालसम्म ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
 |  शनिबार, असार ३२, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

शनिबार, असार ३२, २०७९

पर्वत- असार सकिनै लाग्दा पनि पर्वतका किसान भने रोपाइँमै व्यस्त छन्। कृषि ज्ञान केन्द्र पर्वतका अनुसार पर्वतमा हालसम्म ५० प्रतिशत  मात्रै धान रोपाइँ सम्पन्न भएको छ। 

National life

फाँटमा मकै पाक्न समय लाग्ने भएकाले पर्वतमा साउनसम्म धान रोपाइँ लम्बिने गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विश्वास काफ्ले बताउँछन्। उनका अनुसार  समयमै मनसुन सक्रिय नहुँदा पर्वतका रोपाइँमा ढिलाइ भएको हो।

सबै ठाउँमा सिँचाइको सुविधा नहुँदा आकासे पानी मै भर पर्नुपर्ने बाध्यता रहेको फलेवास-२ का एक कृषक शेर श्रेष्ठले बताए।

कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा ७ हजार २ सय २५ हेक्टरमा धान खेती गरिने अनुमान गरिएको छ।

पछिल्ला केही वर्षयता पर्वतका सबैजसो गाउँमा मिनी टिलर तथा ट्र्याक्टरले जोतेर खेती गर्ने चलन बढ्दो छ। यद्यपि अझै पनि धान रोपाइँको लागि खेत जोत्न गोरुको प्रयोग गर्ने परम्परा पूर्णतः विस्थापित भएको छैन।

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Jul 16, 2022| 08:09 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...