शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालु आर्थिक वर्ष सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व संकलन

चालु आर्थिक वर्ष सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व संकलन

नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व सङ्कलन गरेको छ। यो कूल लक्ष्यको ८७.७ प्रतिशत बराबर हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व सङ्कलन गरेको छ। यो कूल लक्ष्यको ८७.७ प्रतिशत बराबर हो। 

National life

कार्यालयका अनुसार रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु नौ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको सङ्कलन गरिएको छ। यो कूल लक्ष्यको ८९.६५ प्रतिशत बराबर हो। 

त्यस्तै गैरकर राजश्वतर्फ रु एक खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ७७ अर्ब १९ करोड सात लाख बराबर सङ्कलन भएको छ। यो कूल लक्ष्यको ६९.२३ प्रतिशत बराबर हो। 

वैदेशिक अनुदानतर्फ रु ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त हुने लक्ष्य राखेकामा हालसम्म रु १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत बराबर प्राप्त भएको छ। चालु आव सकिन दुई दिन बाँकी छ। यसबीचमा कर तथा गैरकर राजश्व थप केही बढ्न सक्छ। सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ८८.४१ प्रतिशत बराबर रहेको कार्यालयको विवरणले जनाएको छ। 

कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७८.२२ प्रतिशत बराबरको खर्च गरेको छ। चालु आवमा रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये हालसम्म रु १२ खर्ब ७७ अर्ब २० करोड बराबर खर्च गरेको छ। त्यसमा चालु खर्चको मात्रा बढी छ। चालु आवमा रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो। त्यसमध्ये रु नौ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख बराबर खर्च भएको छ। यो कूल लक्ष्यको ९०.२६ प्रतिशत हो। 

Shivam cement

यसैगरी विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि रु दुई खर्ब माथि पुगेको छ। सरकारले पूँजीगततर्फ रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये हालसम्म रु दुई खर्ब छ अर्ब ३६ करोड ९७ लाख बराबर खर्च भएको छ। यो कूल विनियोजनको ५४.५८ प्रतिशत बराबर हो।  

यस्तै वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको मध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको बजेट खर्च भएको छ। सरकारले रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो। त्यसमध्ये हालसम्म रु एक खर्ब नौ अर्ब ३४ करोड ७७ लाख बराबरको रकम उपलब्ध गराइसकेको छ। सरकारले लिएका विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि वित्तीय व्यवस्थामार्फत बजेट नै विनियोजन गर्ने गरेको छ। कूल लक्ष्यमध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको ऋणको भुक्तानी गरेको छ। 

सरकारले गत जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेको थियो। 

कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च रु तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको थियो। 

कोभिड–१९ महामारीको विषम परिस्थितिबीच हालसम्मको राजश्व सङ्कलन अवस्था सन्तोषजनक रहेको भन्दै सरकारले चालु आर्थिक वर्षमा राजश्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो।  चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान थियो। 

प्रकाशित: Jul 15, 2022| 22:00 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्