शनिबार, असोज १०, २०८३

६६ लाख जरिमानाको फैसला सुनाइएका प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा ६६ लाख सजाय हुने फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- बैंकिङ कसुरमा ६६ लाख जरिमाना हुने फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ विशालनगर बस्ने ४० वर्षीय अमित शमशेर जबरा छन्। 

उनले सिटिजन्स बैंक लिमिटेडमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर चेक दिएका थिए। तर चेकबाट रकम भुक्तान नभएपछि पीडित प्रहरीसम्म पुगेका थिए। 

उनलाई मुद्दा चलाइएपछि उच्च अदालत पाटनले बैंकिङ् कसुरमा ६६ लाख सजाय गर्न फैसला सुनाएको थियो। गत वर्ष चैत २१ गते यस्तो फैसला आएको थियो। 

अदालतले फैसला गरेपनि उनी भने फरार थिए। केन्द्रीय अनुसन्धान ब्युरोले असार ३० गते उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ। 

प्रकाशित: Jul 15, 2022| 16:20 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्