शुक्रबार, असार ५, २०८३

नागरिक लगानी कोषद्वारा ब्याजदर परिवर्तन

नागरिक लगानी कोषले साउन १ गतेदेखि लागू हुने गरी सहभागीहरूलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– नागरिक लगानी कोषले साउन १ गतेदेखि लागू हुने गरी सहभागीहरूलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ। कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँइदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ।

National life

त्यसैगरी, साउन १ देखि लागू हुनेगरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, कोषले बिमातर्फका सबै कार्यक्रममा वार्षिक ७ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ। कोषले बिमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीको कार्यक्रम सञ्चालनका लागि बिमा शुल्क संकलन कार्य गर्दै आएको छ।

राष्ट्र सेवक कर्मचारीबाट आगामी वर्षका लागि आवश्यक पर्ने बिमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बिमा राष्ट्रिय बिमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ।

प्रकाशित: Jul 15, 2022| 16:07 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्