शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाबाट आइएलटिएसको परीक्षा शुल्क भुक्तानी गर्न मिल्ने

इसेवाबाट आइएलटिएसको परीक्षा शुल्क भुक्तानी गर्न मिल्ने

ब्रिटिस काउन्सिलले संचालन गरिरहेको आइएलटिएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– ब्रिटिस काउन्सिलले संचालन गरिरहेको आइएलटिएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ। इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौताबमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परीक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न मिल्ने भएको छ। 

अबदेखि आइएलटिएस परीक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिन्छ। विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा इसेवाको छ। 

इसेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफुलाई विश्वनीय विद्युतिय भुक्तानी प्ररादायक संस्थाको रुपमा स्थापित भएको छ।

प्रकाशित: Jul 15, 2022| 14:11 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्