काठमाडौं– यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९ मा १००० गुणाले खुसी बढाउनुहोस्’ को विजेता घोषणा गरेको छ। उक्त अफरको विजेता काठमाडौँ निवासी तेञ्जिङ लामा भएका छन्।
हिमालय टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’ मार्फत् लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २० लाख ७९ हजारको चेक यामाहा शोरुम, त्रिपुरेश्वरबाट हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगद राशि भएको उक्त नयाँ वर्ष अफर चैत १ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको थियो ।
बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लु इन्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सीसीको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर औसतमा माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ।