आइतबार, असार ७, २०८३

नेपाललाई थप १२ अर्ब सहयोग गर्दै विश्व बैंक

नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि विश्व बैंकले १०० मिलियन डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– दाता निकाय विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ।

National life

नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले १०० मिलियन डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। 

विश्व बैंकका कार्यकारी निर्देशक तथा मालदिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन्। वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलो पटक सहयोग गरेको हो। 

‘कोभिड महामारीको समय, वातावरणीय सुरक्षा, समावेशी र थप लचिलो विकास मार्गलाई अगाडि बढाउन विश्व बैंकले नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ। यसमार्फत हामी पानी, भूमि प्रयोग, कृषि, वन, सहरी, फोहोर र प्रदूषणलगायत क्षेत्रमा नेपाल सरकारको मुख्य नीतिगत कार्यलाई समर्थन गर्दै छौं’, विश्व बैंकका प्रतिनिधि फारिस हदाद जेर्भोसले भने। 

यो सहयोगले नेपालको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने विश्व बैंकले बताएको छ। 

Shivam cement

केही दिनअघि मात्र विश्व बैंकले नेपालको पानी तथा सरसफाइका लागि १० अर्ब रुपैयाँ सहयोग गरेको थियो।

प्रकाशित: Jul 15, 2022| 13:01 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्