आइतबार, असार ७, २०८३

एनसेल सेन्टर महाराजगञ्जमा महिला कर्मचारीमात्रै

– एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। 

National life

महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने कम्पनीले जनानएको छ। 

‘एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तीकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण हो,’ कम्पनीले भनेको छ। 

महिला कर्मचारीहरुद्वारा सञ्चालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने कम्पनीले जनाएको छ। 

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।  

Shivam cement

यो एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहककालागि एक हप्ताको विषेश अफर पनि रहेको छ जस अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । 

यस सेन्टरबाट गरिने प्रत्येक ५० को रिचार्ज बराबर ग्राहकले २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्। 

पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा सञ्चालित एनसेल सेन्टरले आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजेसम्म ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ। 

यसले ग्राहकको सेवा अनुभव थप बढाउन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्न एनसेलले देशभरि ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Jul 15, 2022| 12:18 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्