शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिजीको मेरिडिया सिग्नेचर सिरिजले ल्यायो इन्टरनेटबाट चलाउन सकिने उपकरण

सिजीको मेरिडिया सिग्नेचर सिरिजले ल्यायो इन्टरनेटबाट चलाउन सकिने उपकरण

सिजीले आफ्नो ‘सिजी मेरिडिया सिग्रेचर सिरिजअन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– सिजीले आफ्नो ‘सिजी मेरिडिया सिग्रेचर सिरिजअन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ। यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले जनाएको छ।

National life

आफ्ना सुरूवाती दिनहरूदेखि नै परिस्कृत र उन्नत प्रविधिको उत्पादन नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सिजीले यस पटक आइओट (इन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साईड बाई साईड रेफ्रिजेटर र एसी बजारमा ल्याएको हो ।

यी आइओटी प्रोडक्टहरुलाई केवल एउटा सिजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सकिने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यी प्रोडक्टहरु एक अर्कासंग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आइओटी सुविधाको साथ ग्राहकले घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । उक्त रेफ्रिजेरेटरमा १० वर्षको वारेण्टी मोटरमा र एसीमा ५ वर्षको वारेण्टी कम्प्रेसरमा पनि दिएको छ ।

यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यसका अतिरिक्त, आइओटी सुविधायुक्त ‘सिजी मेरिडिया सिग्रेचर सिरिजका अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: Jul 15, 2022| 11:57 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्