मंगलबार, चैत ३, २०८२

टिचिङ हस्पिटलद्वारा सवा चार लाख बढीलाई बहिरंग सेवा

अस्पतालले दैनिक २ हजारदेखि २ हजार ५०० बिरामीलाई बहिरंग सेवा दिँदै आएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जले चालू आर्थिक वर्षको ११ महिनामा ४ लाख १६ हजार १५२ लाई बहिरंग सेवा उपलब्ध गराइएको बताएको छ।

National life

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित  अस्पतालले दैनिक २ हजारदेखि २ हजार ५०० बिरामीलाई बहिरंग सेवा दिँदै आएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले बताए।

अस्पतालको ४०औं वार्षिकोत्स अवसरमा  आयोजित दीर्घसेवा सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा कार्यकारी निर्देशक प्राडा. काफ्लेले ३६ वटा विभिन्न विभागमार्फत बिरामीको उपचार गरिँदै आएको जानकारी दिए।

अस्पतालले ११ महिनामा विभिन्न रोगका २७ हजार बिरामीलाई भर्ना गरेर उपचार गर्नुका साथै १ हजार ७०० कडा खाले रोगको समेत उपचार गरेको प्राडा. काफ्लेले बताए। कडा रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत छन्।

सुरुमा ३ सय शय्याबाट सेवा सुरु गरेको टिचिङ अस्पतालले हाल १ हजार शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ।

Laxmi sunrise bank
kumari

उनले त्रिवि शिक्षण अस्पताल पछिल्लो समय नेपाली नागरिकको भरोसाको केन्द्र  विकास हुँदै गएको बताए।

४०औं वार्षिकोत्सव अवसरमा  अस्पतालमा निरन्तर २५ वर्ष बढी सेवा गर्ने ७५ कर्मचारी, डाक्टर तथा नर्सलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ । अस्पतालका कर्मचारी, डाक्टर तथा नर्सलाई सम्मान गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थानकी डीन प्राडा. दिव्यासिंह शाहले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताइन्।

‘अस्पतालको उन्नति र प्रगतिसँग डाक्टर, नर्स र कर्मचारीको भविष्य जोडिएको छ। त्यसैले अस्पताललाई अगाडि बढाउन मिहिनेत, लगनशील र व्यवसायी भएर लागौं’, उनले भनिन्।

प्राडा. शाहले सबै नेपाली र विद्यार्थीको पहुँच भएको टिचिङ अस्पताललाई अगाडि बढाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। 

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ६० बढी स्वास्थ्य विधाको पढाइ हुँदै आएको छ।


प्रकाशित: Jul 15, 2022| 11:55 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्