शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगार न्यायाधीकरणद्वारा चालू आवमा ७३.४६ प्रतिशत मुद्दाको छिनोफानो

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा चालू आवमा ७३.४६ प्रतिशत मुद्दाको छिनोफानो

२०६६ मा स्थापना भएको न्यायाधीकरणले चालू आवमा हालसम्मकै बढी मुद्दा किनारा लगाएको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- वैदेशिक रोजगार न्यायाधीकरणले चालू आर्थिक वर्षमा ७३.४६ प्रतिशत मुद्दा फर्स्योट गरेको छ।

२०६६ मा स्थापना भएको न्यायाधीकरणले चालू आवमा हालसम्मकै बढी मुद्दा किनारा लगाएको हो। 

अघिल्लो आवको २०१ र चालू आवमा दर्ता भएका १०८ गरी ३०९ मध्ये २२७ मुद्दा फर्स्योट भएको न्यायाधीकरणका रजिस्ट्रार आनन्दराज पन्तले बताए। 

चालू आवमा ८२ वटा मुद्दा फैसला गर्न बाँकी रहेको उनको भनाइ छ।

न्यायाधीकरणले चालू आवमा २६० मुद्दा पर्ने अनुमान गरी अघिल्लो वर्षको बाँकीसहित ४६१ मध्ये ३३१ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको थियो। स्थापना भएपछि हालसम्म २ हजार ४९८ मुद्दा फर्स्योट भएको न्यायाधीकरणको तथ्यांक छ।

न्यायाधीकरणमा १८ महिना नाघेको एउटा वटा मुद्दा फैसला गर्न बाँकी छ भने एक वर्ष नाघेका मुद्दाको संख्या सात छन्। न्यायाधीकरणले आव २०६६/६७ मा १५८ मुद्दा दर्ता भएकामा १६ वटा फर्स्योट गरेको थियो। 

पछिल्लो पाँच वर्षमा मुद्दा फर्स्योट दर ५० प्रतिशत बढी रहेको कार्यालयले बताएको छ। आव २०७४/७५ मा अघिल्लो वर्षको बाँकी र नयाँ दर्ता गरी ६४३ मुद्दा रहेकामा सो वर्ष ३२५ मुद्दा फर्स्योट भएको छ।

यस्तै, आव २०७६/७६ मा ५७७ मुद्दामध्ये ३७४, आव २०७६/७७ मा ४११ मुद्दामध्ये १६३ र आव २०७७/७८ मा ४५८ मुद्दामध्ये २५७ मुद्दा फर्स्योट भएको पन्तले जानकारी दिए।

प्रकाशित: Jul 15, 2022| 11:03 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्