बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्धनको मूल्य बढ्यो : अब पेट्रोल प्रतिलिटर १११, डिजेल ९५ 

इन्धनको मूल्य बढ्यो : अब पेट्रोल प्रतिलिटर १११, डिजेल ९५ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– पेट्रोलको मूल्य फेरि बढेको छ । केही महिनास्थिर रहेको पेट्रोलियम पदार्थको मूल्य सोमबारदेखि लागू हुने गरी नेपाल आयल निगमल बढाएको हो । 

आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, अन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर यूएस डलर ५० बढाएको छ । 

अन्तराष्ट्रिय बजारबाट नेपाल आयात गर्दा पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित मूल्य विधिद्वारा मूल्य समायोजन गरेको निगमको भनाइ छ । 

नयाँ मूल्यअनुसार राजधानीकमा पेट्रोलको प्रतिलिटर मूल्य एक सय ११ रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य ९५/९५ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर एक हजार एक सय २५ अमेरिकी डलर पर्ने भएको छ ।

यो मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको निगमका प्रवत्ता विरेन्द्र गोईतले जानकारी दिए । बढेको प्रतिलिटर पेट्रोलबाट ०.६५ पैसा नाफा, डिजेलबाट ०.७० पैसा घाटा यद्यपि मट्टीतेलबाट नाफ हुने प्रवत्ता गोईतको भनाइ छ । खाना पकाउने एलपीजी ग्याँसको मूल्य भने बढेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।