बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशी लगानीकर्तालाई पोस्‍ने बीमा विधेयक संशोधनको माग

विदेशी लगानीकर्तालाई पोस्‍ने बीमा विधेयक संशोधनको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विमाको क्षेत्र, व्यवसाय र प्रणालीलाई व्यवस्थित गर्न सरकारले संसदमा पेश गरेको बीमा विधेयक २०७५ ले विदेशी बीमा कम्पनीलाई पोस्‍ने किसिमको भएको भन्दै विमा अभिकर्ता संघ नेपालले संशोधनको माग गरेको छ। 

हाल संसदले अर्थ समितिमा दफावार छलफलको लागि पठाइएको सो विधेयकले बिमकसँग वित्तिय स्वार्थ भएको व्यक्तिलाई कर्मचारीमा नियुक्त गरिने छैन भन्ने प्रावधान राखेर बीमा प्राधिकरण सञ्चालक र कर्मचारीहरुको आफन्त बीमकको कर्मचारी हुन सक्ने बाटो खुल्ला गरिएको छ। 

विधेयक तयार गर्दा सम्वन्धित सरोकारवालाको सुझाव नलिई बीमा समितिलाई प्राधिकरण बनाई अधिकारसम्पन्न गराउने भनी पुरानो अधिकारी समेत कटौति गरेको भन्दै संघले आपत्ति जनाएको छ।

संघले सरकारले ल्याएको विधेयकले स्वदेशी विमा कम्पनीहरुलाई प्रोत्साहन र जगेर्ना गर्नुको सट्टामा विदेशी कम्पनीलाई शाखा खोल्न प्राथमिकता दिने प्रावधानले स्वदेशी विमा विज्ञलाई निरुत्साहित बनाउने संघले जनाएको छ। 

संघका अध्यक्ष नन्दप्रसाद तिवारीले विमा व्यवसायमा ९९ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउँदै आएको स्वेदशी अभिकर्तालाई २६ बर्षभन्दा पुरानो ऐनमा व्यवस्था भएकोभन्दा पनि कम सुविधा दिएको आरोप लगाए।

विधेयकमा विदेशी कम्पनीको शाखा कार्यालयको रुपमा दर्ता भएको विमकले शेयर निष्कासन तथा बिक्री गर्न पाउने छैन भन्ने प्रावधानले विदेशी विमा कम्पनीमा परामर्शदाता, उच्च व्यवस्थापनमा नेपालीहरुले रोजगार नपाउने, सबै विदेशी मात्र हुने, सर्वसाधरणमा शेयर जारी नगर्ने भएकाले मुनाफा पनि नेपालीले नपाई विदेशीले नै लैजाने अवस्था आउँदैछ । 

बैंक तथा वित्तिय संस्थालाई जीवन विमा अभिकर्ताको इजाजत दिने छैन भनी विधेयकमा गरेको व्यवस्थाले त्यस्ता संस्थाबाट जीवन विमा गराउँदा विमितले सेवा पाउन कठीनाई हुने, विमितको सोही बैंकमा खाता भएको अवस्थामा करकाप गरी विमितलाई समस्या पर्ने संघको ठहर छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले विधेयकको यस्तो प्रावधानले विमा क्षेत्रमा कार्यरत व्यवसायीहरुले ससंकित भएको जनाएको हो। संघले विश्वबाट नै असफल भइसकेको बैंकास्योरेन्स लागू गराउने चलखेल भइरहेको आरोप लगाएको छ।

बैंकास्योरेन्सलाई अनुमति दिने गरी तत्कालिन अर्थमन्त्री तथा हाल प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विधेयक अघि बढाएका थिए। हाल नेपालमा लाईफ इन्स्योरेन्सको संख्या ९ छ। यस्तै भर्खरै मात्र सरकारले १० वटा लाईफ इन्स्योरेन्सलाई संचालनको अनुमति दिइसकेको छ।

यसरी जताभावी बजारको प्रभावको मुल्याङ्कन नगरी अनुमति दिँदा पेशाप्रति अविश्वास र धरासयी बन्ने चुनौति देखिएको छ। केन्द्रीय सदस्य कृष्णबहादुर राउतले विमा क्षेत्रमा देखिएको समस्याको समाधान गर्न आफूहरु सरोकारवाला निकायमा सुझाव दिए पनि कार्यान्वयनमा नआएको भन्दै आपत्ति जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।