आइतबार, असार ७, २०८३

प्रविधिको प्रयोगले बढ्यो उत्पादन

उनले जिल्लाका १५ स्थानीय तहमध्ये १४ वटामा परियोजनाको कार्यक्रम लागू भएको जनाउँदै चालू आर्थिक वर्षमा धानको उत्पादकत्व बढेर प्रतिहेक्टर पाँच दशमलव ६९ मेट्रिक टन उत्पादन भएको बताए। झापामा हिउँदे, चैत र वर्षे धानको खेती हुँदै आएको उनको भनाइ छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

झापा- किसानले कृषिमा यान्त्रीकरणको प्रयोगसँगै चक्लाबन्दी खेती सुरु गरेपछि विगतको तुलनामा धान उत्पादन वृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ। कार्यालयका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले परियोजना लागू भएपछि सिँचाइ सुविधा, यन्त्र उपकरणको उपलब्धता र नवीनतम् प्रविधिको प्रयोगबाट धान बालीको उत्पादकत्व बढेको बताए।

National life

उनले जिल्लाका १५ स्थानीय तहमध्ये १४ वटामा परियोजनाको कार्यक्रम लागू भएको जनाउँदै चालू आर्थिक वर्षमा धानको उत्पादकत्व बढेर प्रतिहेक्टर पाँच दशमलव ६९ मेट्रिक टन उत्पादन भएको बताए। झापामा हिउँदे, चैत र वर्षे धानको खेती हुँदै आएको उनको भनाइ छ। 

धान सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवद्र्धन तथा प्रशोधन उद्योगको स्थापनामार्फत कृषि औद्योगीकरणको विभिन्न कृषिजन्य सङ्घ संस्थामार्फत कृषकलाई आधारशीला तयार गरिदिएको जानकारी दिए।

परियोजनाले साना सिँचाइ, कष्टम हायरिङ सेन्टर, पोष्ट हार्भेष्ट सेन्टर, डायर मेसिन, राइस ट्रान्सप्लान्ट मेसिन, उत्पादन प्रदर्शन, बेरो-चैते धान विस्तार कार्यक्रम, बिज वृद्धि, धानखेती चक्लाबन्दी कार्यक्रम ५० प्रतिशतमा अनुदानमा सञ्चालन गर्दै आएको छ। जसका कारण जिल्लामा यान्त्रीकरणका माध्यमबाट खेती गर्नेसमेत बढेका छन्।

जिल्लामा ७५ हेक्टर जमिनमा चैत धान बाली लगाइएको थियो। जसका लागि परियोजनाले १५ हेक्टरमा खेती गर्नका लागि रु १० लाखका दरले रु ५० लाख अनुदान प्रदान गरेको छ। स्वदेशी हाइब्रिड धानले किसानलाई उत्प्रेरित गराउनुका साथै खाद्य सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले २० हेक्टरमा लगाइएको उनको भनाइ छ।

Shivam cement

जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै जानु स्वाभाविक भएको जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले बताउनुभयो। उहाँले कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाइ किसानको दिगो आयस्तर वृद्धि गर्नु आजको आवश्यकता रहेको औँल्याए।

झापामा परियोजनाद्वारा धान सुपरजोन, मकै जोन, सुपारी जोन र रबर जोन सञ्चालनमा छन्। चारवटै जोन सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु छ करोड १७ लाख २९ हजार बजेट विनियोजन भएको थियो। जसमध्ये रु पाँच करोड १८ लाख किसानलाई कृषिमा प्रोत्साहनका कार्यक्रममा खर्च भएको परियोजनाले जनाएको छ। 

प्रकाशित: Jul 14, 2022| 23:15 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्