काठमाडौं- नेपालमा पर्यटकको बसाई अवधि छोटिएको छ। सरकारले पर्यटकको आगमन तथा बसाई अवधि बढाउने नारा दिइरहे पनि आगमन केही बसाई अवधि दिनानुदिन छोटिदै गएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) वैठकमा उक्त आंकडा प्रस्तु गरिएको थियो।
वैठकमा मन्त्रालयले आव ०७४-७५ को वार्षिक प्रगति समीक्षा प्रस्तुत गर्ने क्रममा गएको अव अघिल्लो आबकोभन्दा बस्ने पर्यटकको नेपाल बसाई अबधि घटेको देखिएको छ।
मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष सरकारले पर्यटकको औसत बसाई अबधि १४ दिन पुर्याउने लक्ष्य राखेकोमा १३ दिन मात्र पुगेको छ। अघिल्लो आवमा १३.५ दिन औसत बसाई पुर्याउने लक्ष्य राखिएकोमा गत वर्षभन्दा बढी १३.४ दिन पर्यटकहरु नेपालमा बसेका थिए। सरकारले अगामी आव ०७५-७६ मा पर्यटकको बसाई लम्ब्याएर १५ दिन पुर्याउने लक्ष्य राखेको छ।
पर्यन व्यवसायीका अनुसार नेपालमा अन्य मुलुकहरुको तुलनामा हवाई भाडा बढी लाग्ने, नेपालकै आफ्ने विमानको संख्या कम हुनु, नेपालमा आउने पर्यटकको प्याकेज भारतले बनाउनु लगाय कारणले नेपालमा आउने पर्यटकको बसाई अवधि घट्दै गएको विज्ञहरुको विष्लेषण छ।
त्यस्तै उनीहरुका अनुसार नेपालमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुले हवाई ट्राफीक जाम हुनु, यातायातको सहज पहुँच नहुनु, विभिन्न डेस्टीनेशन महंगो हुनुजस्ता समस्याहरुले समेत पर्यटकको बसाई अवधिमा प्रभाव परेको पर्यटन व्यवसायीहरु बताउछन्।
यद्यपि गएका वर्षको तुलनामा पर्यटकहरुको आगमन भने केही मात्रामा बढेको छ। आव ०७२-७३ मा ७ लाख एक हजार पर्यटक नेपालमा भित्रिएका थिए । अघिल्लो वर्ष ७ लाख ५३ हजार गएको वर्ष ९ लाख ४० हजार पर्यटनको आगमन भएको छ।
त्यस्तै सरकारले आगामि वर्ष ०७५-७६ मा पर्यटक आगमनको संख्या बढाएर १२ लाख पुर्याउने लक्ष्य राखेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४