काठमाडौं- काठमाडौंबाट पोखरा जान लागेको एक जना यात्रुलार्इ २० राउण्ड गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा बुद्ध एयरको विमानबाट पोखरा जाने क्रममा आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा .२२ एमएमको २० राउण्ड गोली भेटिएको प्रहरी प्रवक्ता शैलेश थापाले नेपाल समयलार्इ बताए।
चितवन घर भइ हाल काठमाडौं बस्दै आएका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनलाई प्रहरीले उक्त परिणामको गोलीसहित विमानस्थलबाट नियन्त्रणमा लिएको प्रवक्ता थापाले जानकारी दिए।
उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४