शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फेरिए जनार्दनमाथि छानबिन गर्ने संसदीय विशेष समिति सदस्य

फेरिए जनार्दनमाथि छानबिन गर्ने संसदीय विशेष समिति सदस्य

विशेष समितिमा रहेकी भुसाललाई उपसभामुखको उम्मेदवार बनाएपछि कांग्रेसले सट्टामा सांसद विश्वकर्मालाई पठाएको हो।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमै बोलाएर करको दर हेरफेर गरेको बात लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य साटफेर गरिएको छ।

विशेष समितिमा रहेकी पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो। समिति सदस्यमा साटफेर गरिएका विश्वकर्मालाई बिहीबारको प्रतिनिधिसभाको बैठकले स्वीकारेको छ।

२२ असारमा गठित समितिमा सांसद खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन्।

प्रकाशित: Jul 14, 2022| 17:22 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्