आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स २०२२' बाट सम्मानित

ग्लोबल आइएमई बैंक 'युरोमनी अवार्ड फर एक्सलेन्स २०२२' बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२ बाट सम्मानित भएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९
National life
Shivam cement

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिडेट युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२ बाट सम्मानित भएको छ। बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका छन्।

सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो। बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो।

युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ। युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन्। अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ।

प्रकाशित: Jul 14, 2022| 17:06 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्