शनिबार, असोज १०, २०८३

दुगड समूहकोे ज्ञान मखाना बजारमा

के. एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– के. एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ। उक्त समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ। 

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठहर्याएको कम्पनीको भनाइ छ। लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको छ।

उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ। मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ।  यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ।

ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।


प्रकाशित: Jul 14, 2022| 16:59 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्