शनिबार, असोज १०, २०८३

‘बर्जर फेस्टिभ राइड’ का विजेता घोषणा

बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड २५ नारायणघाटका अर्जुन भट्टले प्राप्त गरेका छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड २५ नारायणघाटका अर्जुन भट्टले प्राप्त गरेका छन्।

२०७८ सालको दशैं तिहारको अवसरमा सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले चयन गरिएका बर्जर पेन्टस्‌का उत्पादन खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गरेका थिए। साथै‚ भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामा सहभागी भई अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि दिइएको थियो।

योजनामा सहभागी ग्राहकमध्येबाट ५४ जना विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्र बाट गरिएको थियो। जस अनुसार‚ बम्पर पुरस्कार भट्टले प्राप्त गरेका हुन्। यस्तै‚ प्रथम पुरस्कार यामाहा फसिनो १२५ एफआई जनकपुरमा भरत शाहले प्राप्त गरेका छन्। दास्रो पुरस्कार सामसङ एस २१ मोबाइल धनगढीका भिष्म ओझा र बुटवलका शिव भण्डारीले प्राप्त गरेका छन्।

यसैगरी लक्की ड्र मार्फत ५० जना विजेताले तेस्रो पुरस्कार अन्तर्गत सामसङ एम ०२ एस मोबाइल जितेका छन्। डिजिटल कन्टेस्ट अर्न्तगत प्रथम पुरस्कार रु एक लाख केदार बजगाईले जितेका छन्। दोस्रो पुरस्कार अन्तर्गत दुई जनाले रु ५० हजार, तेस्रो पुरस्कारमा पाँच जनाले रु  पाँच हजार र २० जनाले रु १० हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। सुरेश दाहालले पब्लिक च्वाइस अवार्ड अन्तर्गत रु २५ हजार जितेका छन्।


प्रकाशित: Jul 14, 2022| 16:01 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्