शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल भित्रियो फ्रान्सेली होटल ब्रान्ड लुभ्र होटल्स

नेपाल भित्रियो फ्रान्सेली होटल ब्रान्ड लुभ्र होटल्स

लुभ्र होटल्स ग्रुपसँग साझेदारीमा विश्वभरका ६० भन्दा बढी देशमा १ हजार ६०० बढी होटल सञ्चालन गरेको अनुभव छ ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– हस्पिटालिटी व्यवसायमा विश्व बजार लिइरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ ग्रुपले नेपालमा पनि शाखा विस्तार गर्ने भएको छ। केटीएम हस्पिटालिटीले चितवनको सौराहामा डेढ वर्षदेखि निर्माण गरिरहेको पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’ ब्रान्डबाट सञ्चालनमा आउन लागेको हो।

केटीएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स इन्डियाका निर्देशक अजय बकायाले ब्रान्ड सम्झौतामा हस्ताक्षर गरेका छन्। केटीएम हस्पिटालिटीका अध्यक्ष शाहले कोभिडले थला पारेको पर्यटन क्षेत्रलाई गुणस्तरीय सेवामार्फत पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालनमा ल्याइन लागेको बताए। 

लुभ्र होटल्सका निर्देशक बकायाले नेपाल पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढिरहेकाले भारतीयलगायत विश्वभरबाट आउने पर्यटकलाई आरामदायी र भरपर्दो सेवा दिइने जनाए ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्रान्ड भित्रिनु गौरवको विषय भएको सुनाए। उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले देशभित्रका पर्यटकीय सम्भावनाको उपयोग गर्दै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए।

विश्वबजारमा ११ वटा विभिन्न ब्रान्डसहित उपस्थित रहेको लुभ्र होटल्स ग्रपको लक्जरी पाँचतारे होटल ब्रान्ड ‘रोयल टुलिप’ कोभिडकै समय डेढ वर्षअघि शिलान्यास भएको थियो। लुभ्र होटल्स ग्रुपसँग साझेदारीमा विश्वभरका ६० भन्दा बढी देशमा १ हजार ६०० बढी होटल सञ्चालन गरेको अनुभव छ।

प्रकाशित: Jul 14, 2022| 15:49 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्