शुक्रबार, असार ५, २०८३

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको ५ लाख सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९
National life
Shivam cement

काठमाडौं– सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सो रकम बैंकका हेड अफ सर्कल अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका  छन्। 

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्नेछ। उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भएता पनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीलाई सहज रुपले अध्ययन गर्न मद्दत पुग्ने बैंकले जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रम गर्दै आइरहेको छ।

प्रकाशित: Jul 14, 2022| 13:42 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्