शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरले मनायो १६औं वार्षिकोत्सव

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मनायो १६औं वार्षिकोत्सव

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६ औं वार्षिकोत्सव मनाएको छ। असार २७ गते सिटी १६ औं वर्षमा प्रवेश गरेको हो।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६ औं वार्षिकोत्सव मनाएको छ। असार २७ गते सिटी १६ औं वर्षमा प्रवेश गरेको हो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समृद्धिको उत्सव नाराका साथ १६औं वार्षिकोत्सवको अवसरमा १६ वर्षसम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ। 

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस भन्ने आफ्नो नारालाई आत्मसात् गर्दै संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर १५,००० भन्दा बढी भुक्तानी केन्द्र छन्।


प्रकाशित: Jul 14, 2022| 12:17 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्