शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक मुद्रा भित्र्याउन लण्डनमा ग्लोबल आइएमई बैंकको पहल

वैदेशिक मुद्रा भित्र्याउन लण्डनमा ग्लोबल आइएमई बैंकको पहल

ग्लोबल आइएमई बैंकले लण्डनमा एक अन्तरक्रिया कार्यक्रम गरी विदेशी मुद्रा भित्र्याउनका लागि पहल गरेको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंकले लण्डनमा एक अन्तरक्रिया कार्यक्रम गरी विदेशी मुद्रा भित्र्याउनका लागि पहल गरेको छ।  कार्यक्रममा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा वैदेशिक लगानीबारेमा लण्डनमा भएकालाई जानकारी गराइएको थियो।

National life

लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र सिर्जनशील लेस्टर नेपाल–यूकेद्वारा संयूक्त रुपमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामै खाता खोल्ने सुविधा नेपालमा रहेको जानकारी दिँदै यसबाट लाभ लिन आग्रह गरे। 

‘नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिन्छ, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिन्छ, भिषा तथा मास्टर कार्डमार्फत त्यहीं खाताबाट विदेशमा खर्च गर्न पनि सकिन्छ,’ ढकालले भने,  ‘आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा छ।’ ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र आवश्यकता अनुरुप व्यावसायिक गतिविधि अगाडि बढाउँदै लगेको बताए।

‘आईएमई रेमिट सुरु गरेको २२ वर्ष पुगेको छ। २२ वर्षमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान भएको छ,’ उनले भने,  ‘अहिले आईएमई नाम रेमिटको पर्यायवाची बनेको छ।’ अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको उनले बताए। गैरआवासीय नेपाली संघसँग आफूहरुको सहकार्य सुरु भइसकेको उनले बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए।

प्रकाशित: Jul 14, 2022| 12:01 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्