बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुढीगंगा किनारमा धान पाक्यो, सेती किनारमा रोपाई बाँकी

बुढीगंगा किनारमा धान पाक्यो, सेती किनारमा रोपाई बाँकी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- एउटै खालको भौगोलिक अवस्था भएका अछामको साँफेबगर र डोटीको दिपायलमा हावापानी भने निकै भिन्न रहेको छ। 

दुइै ठाउँको भूवनोट उपत्यका भए पनि दिपायलका वर्षायाममा पनि ज्यानै न्यून मात्रामा पानी पर्ने गरेको छ भने साँफेबगरमा प्रशस्त मात्रामा पानी पर्दछ। दिपायलमा ज्यादै न्युन मात्रामा पानी पर्दा भदौ सम्म पनि बर्खे धान रोप्न बाँकी नै छ भने साँफेबगरमा धान पाक्न थालिसकेको छ।
 
जेठको १ गतेबाट नै धान रोपाई सुरु हुने साँफेबगरमा यतिबेला धान पाक्न थालिसकेको छ भने दिपायलमा धान रोपाई सकिएको छैन। देशका बिभिन्न ठाउँमा अत्यधिक बर्षा हुँदा बाढी पहिरो गएर जनधनको क्षति भइरहँदा पनि दिपायलमा धान रोप्नका लागि पुग्ने गरी अझैँ पानी परेको छैन। 

भदौ लाग्दा सम्म पनि प्रसस्त पानी नपर्दा दिपायल क्षेत्रमा अझैँ धान रोप्न बाँकी रहेको स्थानीय बिमल बिष्टले बताए। उनले दिपायलको एरर्पोट क्षेत्रमा अझैँ धान रोप्न बाँकी रहेकाले भदौको १०–१२ गते सम्म रोपाई सकिने सुनाए।
 
‘मौसम छिनछिनमा परिवर्तन भइरहन्छ तर प्रसस्त पानी भने अझैँ परेको छैन’ स्थानीय दिपक खडकाले भने,‘तीन दिन अलि बढी पानी परे पनि पानीका मुहान नै फुट्ने गरी भने अझैँ पानी परेको छैन।’ उनले यो बर्ष मात्र नभएर प्राय बर्षेनी दिपायलमा पानी पर्ने मात्रा ज्यादै न्यून हुने सुनाए । बीचैबाट सेती नदि बगिरहेको भए पनि दिपायलका किसानले सेतीको पानी सिचाईका रुपमा प्रयोग गर्न पाइरहेका छैनन्। 

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र दिपायका प्रमुख केशव श्रेष्ठले दिपायलको मौसम विचित्रको भएको बताए। ज्यादै न्यून मात्रामा पानी पर्ने भएकाले दिपायलमा धान रोपाई ढिला हुने भन्दै उनले धानको उत्पादनमा पनि कमि आउने बताए। 

सिचाईको सुविधा भएर समयमै धान रोप्न सकिएमा दिपायलमा प्रसस्त अन्न फल्न सक्ने माटो रहेको भन्दै उनले अहिले सुख्खा जातको धान रोप्नु भन्दा बढी छर्ने गरेकाले उत्पादन कमि हुने गरेको जानकारी दिए। दिपायलमा धान रोपाई ढिला भए पनि तापक्रम अत्यधिक गर्मि हुने भएकाले धान असोज अन्तिमतिर पाकिहाल्छ।
 
साँफबेगरमा भने बुढीगंगा, छिपेखोला र पर्भालीगाडको पानी सिचाईको रुपमा प्रयोग हुने भएकाले जेठमै रोपाई सकिएर भदौमा धान पाकिसक्छ। साँफेबगर प्रसस्त अन्न उब्जाउ हुने क्षेत्रमा पर्दछ। 

प्रसिद्ध धार्मिक स्थल बाजुराको बढिमालिकामा प्रत्येक बर्ष जनैपूर्णिमाको दिन लाग्ने पुजामा सहभागि हुन डोटीबाट जाने सरकारी पुजा टोलीले दिपायलको भुडुरी (धानको बिउबाट बनेको एक प्रकारको चिनो), साँफेबगरको धानको बाला लगेर बडिमालिकामा चढाउने प्रचलन छ। यसबाट पनि दिपायलमा धान रोपाई बाँकी हुँदा साँफेबगरमा धान पाक्न थालिसक्ने प्रस्ट हुन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।