बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त : यस्तो छ थापाको 'सेनापति यात्रा'

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त : यस्तो छ थापाको 'सेनापति यात्रा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएका छन्। कामु प्रधानसेनापतिका रुपमा सेनाको कमान्ड समाल्दै आएका थापालाई आइतबारको मन्‍त्रिपरिषद्को बैठकले महारथीमा बढुवा गरी प्रधानसेनापतिमा नियुक्त गरेको हो।

आगामी भदौं २४ गते निमित्त सेनापति राजेन्द्र क्षेत्रीले अवकाश लिएपछि प्रधानसेनापतिको फुली लगाएर औपचारिक रुपमा पद वहाली गर्नेछन्।मन्‍त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता रहेका सूचना तथा संचार प्रविधिमन्‍त्री गकुल बाँस्कोटाले थापालाई सेनापतिमा नियुक्ति गर्ने लगायतका निर्णय गरेको जानकारी दिए। 

निमित्त प्रधानसेनापति  क्षेत्री घर विदामा बसेपछि साउन २४ गतेदेखि नै थापाले सेनाको कमान्ड समाल्दै आएका छन्। प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्‍ने परम्पराअनुरुप  क्षत्री विदामा बसेका हुन्। थापाले  ४३ औँ प्रधानसेनापति प्रधानसेनापति बन्दैछन्।

शालिन स्वभाव र आकर्षक व्यक्तित्वका थापा सेनाभित्र लोकप्रिय जर्नेल मानिन्छन्। उच्च अधिकृतदेखि सिपाहीसम्मको तहमा निरन्तर सम्पर्क र सम्वादमा बसिरहने थापाले अब्बल सैनिक अधिकृतको छवि बनाएका छन् । व्यवसायिक तथा प्रतिभाशाली जर्नेलका रुपमा चिनिएका थापाले नेतृत्व समाल्न लाग्दा सेनाभित्र पनि बेग्लै खालको उत्साह देखिन्छ । व्यक्तिगत रुपमा थापा जति सरल र नम्र छन् , व्यवासायिक रुपमा उनी निकै खरो छन् र आर्थिक अनुशासनमा  उनी कठोर छन् । 

कहिल्यै विवादमा नपरेका थापा  पछिल्ला हरेक प्रधानसेनापतिको विश्वसनिय सहयोगीका रुपमा महत्वपूर्ण जिम्मेवारी समालेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय वस्तुस्थितिको सुक्ष्म अध्ययन गर्न रुचाउने थापा अध्ययनशील र अलि प्राज्ञिक स्वभावका छन् । हरेक तहको जिम्मेवारीमा उनले आफूलाई उदाहरणको रुपमा प्रस्तुत गरेको उनको करिअर रेकर्डले जनाउँछ ।थापाको जन्म २०१७ साल भाद्र २५ गते लम्जुङको मध्यम  परिवारमा भएको हो  उनका हजुरबुबा र बुबा दुवै नेपाली सेनामा कार्यरत थिए । थापा ०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना भएका थिए । २०३७ साल मंसिर २७ मा उनी गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।

३६ वर्ष लामो यात्रामा  नेपाली सेनाका सबै जसो महत्वपूर्ण युनिट तथा विभागको नेतृत्व उनले गरेका छन्। प्रधानसेनापतिको सचिवालयमा बसेर नीति निर्णयको तहका लामो समय काम गर्न पाउने संभवत : उनी नै पहिलो सैनिक अधिकारी हुन् । सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना मुख्यालय, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका कार्यलय तथा विभागको उनले सफल नेतृत्व गरिसकेका छन्। सैनिक कल्याणकारी कोषलाई व्यवस्थित र पारदर्शी गर्नका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनी कल्याणकारीमा रहँदा महत्वपूर्ण योजनाहरु अघि सारेका थिए । कोषको आयव्याय विवरण सार्वजनिक गर्ने परम्पराको थालनी उनले नै गरेका थिए।आन्तरिक सुशासन, पारदर्शिता र व्यवसायिक मूल्यमा कहिल्यै सम्झौता नगर्ने थापाको नेतृत्वमा नेपाली सेनाले थप उचाइ र आमआस्था हासिल गर्ने अपेक्षा गरिएको छ। ठेक्का पट्टा तथा आर्थिक मामिलासँग सेनालाई जाडेर भइरहेका विवादलाई नीतिगत तथा संस्थागत रुपमै हल गरेर सेनाको छवि थप चम्काउने प्रयास थापाबाट हुने आसा गरिएको छ। 

राष्ट्रसंघीय शान्ति मिसनमा पनि उनको महत्वपूर्ण भूमिका छ । राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरका लागि  विश्वस्तरीय परीक्षामा छानिएर थापा एक वर्ष सिरियामा फोर्स कमाण्डरका रुपमा राष्ट्रसंघीय शान्ति मिसनको नेतृत्व गरेका थिए । यो अवसर नेपाली सेनामा धेरै थोरै अधिकृतले मात्र पाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।