शनिबार, असोज १०, २०८३

क्रिप्टो कारोबारको आरोपमा व्यवसायी श्रेष्ठ पक्राउ

अभौतिक मुद्रा (क्रिप्टो)मा लगानी गरेको आरोपमा विशाल सिमेन्टका पूर्वसञ्चालकसमेत रहेका व्यवसायी अमित श्रेष्ठ पक्राउ परेका छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- अभौतिक मुद्रा (क्रिप्टो)मा लगानी गरेको आरोपमा विशाल सिमेन्टका पूर्वसञ्चालकसमेत रहेका व्यवसायी अमित श्रेष्ठ पक्राउ परेका छन्। बुधबार दिउँसो काठमाडौंको पानीपोखरीस्थित श्रेष्ठको घरमा छापा मारी उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको घरमा छापा मारेको हो। छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान थालिएको छ। 

यद्यपि उनले कुन-कुन क्रिप्टोको कति कारोबार गरे भन्ने खुल्न सकेको छैन। 

प्रकाशित: Jul 13, 2022| 19:58 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्