सोमबार, वैशाख २४, २०८१

डेंगुको जोखिममा उपत्यका

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दाहाल भन्छन्, ‘ललितपुरमा डेंगु देखिनुले काठमाडों उपत्यका नै जोखिममा हुनु हो। उपत्यकामा जनघनत्व धेरै छ, मानिसहरुको आवतजावत बाक्लो भएकाले उपत्यकामा तीनै जिल्ला जोखिममा छ।’ हाल विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा डेंगुको प्रकोप बढी देखिएको महाशाखाले जनाएको छ।
 |  बिहीबार, असार ३०, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असार ३०, २०७९

काठमाडौं- असार ९ गते ललितपुर महानगरपालिका-५ मा दुई जनामा डेंगु पुष्टि भयो। उपचारपछि यतिबेला दुई जनानै संक्रमणमुक्त भइसकेका छन्। तर मंगलबारमात्रै थप ११ जनामा डेंगु पुष्टि भएसँगै उपत्यका डेंगुको जोखिममा रहेको विज्ञहरुले बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा १३ जना डेंगुका बिरामी पुष्टि भएको जनाएको छ। 

triton college

डेंगु लामखुट्टेको टोकाइबाट लाग्‍ने रोग हो। नेपालमा पहिलोपटक २००४ मा देखिएको डेंगु त्यसयता हरेक वर्ष देखिने गरेको छ। विशेषगरी पोष्ट मनसुनको समयमा देखिने डेंगुको प्रकोप मनसुन सुरु हुन अगावैदेखि फाट्टफुट्ट देखिन थालेको छ। 

ललितपुर महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक डिल्लीशेर केसीका अनुसार ललितपुरमा हाल डेंगु पुष्टि भएका क्षेत्रलाई 'रेडजोन'मा राखि डेंगु नियन्त्रणको अभियान सञ्‍चालन गरिएको छ।  

डेंगुको नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान सुरु गरेको छ। जसका लागि जनप्रतिनीधि, स्वयंसेविका, स्थानीयलाई परिचालन गरिएको छ। महामारी आउन सक्ने भन्दै लार्भा नष्टसँगै सरसफाई अभियान पनि चलाइएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार हाल देशका ३५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्। गत वैशाख यतामात्रै ३५ जिल्लामा १३५ जना डेंगुका बिरामी पुष्टि भएका छन्। अझै रिपोर्ट नभएकाहरुपनि हुनसक्ने उनी बताउँछन्। ‘गत वर्ष ५४ जिल्लाबाट डेंगुका बिरामी भेटिएको रिर्पोटिङ भएको थियो भने यो वर्ष ३५ जिल्लाबाट रिर्पोटिङ भएको छ। यो अझै बढ्न सक्छ। डेंगु फैलने समय अझै आउन बाँकी छ,’ उनले भने। 

corrent noodles
Metro Mart
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दाहाल भन्छन्, ‘ललितपुरमा डेंगु देखिनुले काठमाडों उपत्यका नै जोखिममा हुनु हो। उपत्यकामा जनघनत्व धेरै छ, मानिसहरुको आवतजावत बाक्लो भएकाले उपत्यकामा तीनै जिल्ला जोखिममा छ।’ 

दाहाल भन्छन्, ‘ललितपुरबाट १३ वटा केसहरु रिर्पोटिङ भएको छ। केशहरु रिर्पोटिङ हुन थालेपछि सबै अस्पतालका इमर्जेन्सी विभाग, मेडिसिन विभाग, होटल, प्याब्सन, एनप्याब्सनलगायत संस्थाहरुलाई पनि यसको नियन्त्रणका लागि अभियान सञ्चालन गर्न भनिएको छ, हामीले सबैपक्षसँग छलफल गरेका छौं।’

केही समय अगाडि यो वर्ष सबैभन्दा धेरै धादिङमा डेंगुका बिरामी भेटिएका थिए। एकैपटक ३५ जनाभन्दा धेरैमा डेंगु भएपछि त्यहाँ पनि 'लार्भा खोज र नष्ट गर' अभियान सञ्‍चालन गरिएको दाहालले बताए। यो वर्ष पनि ३५ जिल्लामा डेंगु पुष्टि भएको रिर्पोटिङ भएको छ। डेंगु पुष्टि भएका जिल्लाहरुमा स्थानीय तहले नियन्त्रणका कार्यहरु गरिरहेका छन्, समस्याको रुपमा देखिएमा संघीय सरकारले नियन्त्रणका लागि काम गर्ने दाहालले बताए। 

जोखिममा उपत्यका 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दाहाल भन्छन्, ‘ललितपुरमा डेंगु देखिनुले काठमाडों उपत्यका नै जोखिममा हुनु हो। उपत्यकामा जनघनत्व धेरै छ, मानिसहरुको आवतजावत बाक्लो भएकाले उपत्यकामा तीनै जिल्ला जोखिममा छ।’ हाल विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा डेंगुको प्रकोप बढी देखिएको महाशाखाले जनाएको छ।

डेंगु एडिस लामखुट्टेको टोकाइबाट लाग्‍ने रोग हो। टोकेको ४ देखि १० दिनमा यसको लक्षण देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक शेरबहादुर पुनका अनुसार यो लामखुट्टे सफा पानीमा बस्छ।  त्यसैले यसबाट जोगिनका लागि घरवरिपरि पानी जम्न दिनु हुँदैन। खासगरी बिग्रिएर राखिएको गाडीका टायर र पानी भरिएका बोतलहरुमा पानी जम्ने भएकाले टायरहरुको व्यवस्थापन गर्नुपर्ने पुन बताउँछन्। 

पुनका अनुसार खासगरी पोष्ट मनसुनमा डेंगुको प्रकोप फैलन्छ। खासगरी पानी परेर रोकिएपछि पानी जम्‍ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने गर्छ, त्यसैले पानी जम्‍न दिन नहुने डा. पुन बताउँछन्। पुन भन्छन्, ‘काठमाडौं पनि डेंगुको उच्च जोखिममा छ। ललितपुरमा डेंगु देखिएपछि काठमाडौंमा छैन भन्‍न सकिँदैन। त्यसैले ‘घर वा कार्यालय वरिपरि पानी जम्न नदिने र लामखुट्टे बस्ने अनुकूल वातावरण बनाउन हुँदैन।’

डेंगुबाट जोगिनका लागि  लामखुट्टेको टोकाइबाट बच्‍नुको विकल्प नभएको उनी बताउँछन्। खासगरी डेंगु बनाउने लामखुट्टे बिहानको समय र अपराह्न तीन-चार बजे सक्रिय हुने  डा. पुन बताउँछन्। कार्यालयमा काम गर्नेहरूमा डेंगुको संक्रमण धेरै हुने गरेको बताउँछन्, डा. पुन। 

डेंगु भएका मानिसहरुलाई ज्वरो आउने, जिउ दुख्‍ने, आँखाको गेडी दुख्‍ने लक्षण देखिन्छ। त्यसैले त्यस्तो समस्या देखिएमा अस्पताल जान  डा. पुन सुझाउँछन्। उनका अनुसार हालसम्म डेंगुको उपचार यहि हो भन्ने छैन, लक्षणको आधारमा उपचार गरिन्छ। 

प्रकाशित: Jul 14, 2022| 07:31 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्