बिहीबार, वैशाख ३१, २०८३

बुधबार थपिए २०६ कोरोना संक्रमित

३ हजार १७५ जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा रहेका छन्। काठमाडौंमा मात्रै १०० जना नयाँ संक्रमित थपिएका छन्। ललितपुरमा १८ नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा थप ४५ जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको छ।

प्रकाशित: Jul 13, 2022| 17:23 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्