बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘प्रदेश २ को संसदमा ओलीको प्रवेश अनधिकृत, ५ हजार जरिवाना गर्नुपर्छ’

‘प्रदेश २ को संसदमा ओलीको प्रवेश अनधिकृत, ५ हजार जरिवाना गर्नुपर्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा सम्बोधन गरेको आरोप लगाएका छन्।
 
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लालले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरेर सम्बोधन गर्नुभएको हो। जुन कुरा संविधान, कानून र नियामावलीमा व्यवस्था गरिएको छैन। प्रधानमन्त्रीले बोल्न पाउनुपर्छ। तर, उहाँले हिजो प्रदेश नम्बर २ मा राजा-महाराजाको अनुभुति दिनेगरि सम्बोधन गर्नुभयो । यो संविधानविपरित छ ।’

उनले थपे, 'प्रधानमन्त्री ओलीले प्रदेश सभामा अनाधिकृत रुपमा प्रवेशको साथै सभामा अंगरक्षकलाई पनि बर्दी लगाएर उभ्याउनुभयो। मर्यादापालक हुँदाहुँदै अंगरक्षकलाई बर्दीमा उभ्याउनु गलत हो। यो कदम प्रदेश सभाको स्वायत्तता, अक्षुणता र संसदीय अभ्यास विपरित छ। ओलीजीले गम्भिर गल्ती गर्नुभयो।’ 

प्रधानमन्त्री ओलीको पछिल्लो कदम र हिजो २ नम्बर प्रदेशमा गरेको सम्बोधनले संघीय संरचनालाई कमजोर बनाउने उनको आरोप छ। नेता लालले प्रदेश सभा सदस्यबाहेक अरु व्यक्ति प्रदेश सभामा अनधिकृत रुपमा छिरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकोले ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरे। 

उनले थपे,‘देशको प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुपर्छ। तर, यसको लागि संविधानमै व्यवस्था गर्नुपर्छ। नियमावालीमा आवश्यक व्यवस्था गर्नुपर्छ। अनधिकृत रुपमा प्रदेश सभामा यसका सदस्यबाहेक अरुले छिर्न र बोल्न पाउँदैन्।’

प्रधानमन्त्री ओली संविधान र संघीयता कार्यान्वयनमा भन्दापनि यसलाई कमजोर र मास्न उद्धत रहेको भन्ने कुरा हिजोको कदमबाट प्रष्ट हुने लालको आरोप छ। उनले भने,‘प्रधानमन्त्री ओलीले हिजो प्रदेश सभामा सम्बोधन गर्दा मसला भाषण गरे। संविधानमा कुनै विभेद नै छैन भनेर बोल्नुभयो। यो भनेको उहाँले मधेशी, आदिवासी, जनजाति, सिमान्तकृत लगायत पिछडीएका समूदायको मुद्दालाई नकार्नुभएको पुष्टि हुन्छ।'

उनले प्रधानमन्त्रीले अधिकार नपाएका समुदाय र राज्यबीचको दुरी कम गर्न नसकेको आरोप लगाए। तर, आफूहरुले संविधान संशोधन गर्ने शर्तमा नै सरकार गठन गर्दा विश्वासको मत दिएका स्पष्ट पारे। 

उनले ओली नेतृत्वको सरकारको ६ महिने कार्यकाल असफलतातर्फ उन्मुख रहेको आरोप लगाए। उनले भने,‘सरकारले गरेका प्रायः सबै निर्णयहरु विवादित छन् । मुलुकको संरचना नै परिवर्तन भएको अवस्थामा सरकारले भने आफ्नो भूमिका सोही अनुसार निर्वाह गर्न सकेको छैन।’  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।