बिहीबार, कात्तिक १२, २०८३

खोलामा बगेर एक बालक बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बाजुराको बुढीगंगा नगरपालिका ब्रह्मतोलामाको ताँप्रा गाउँका एक बालक घट्टे खोलामा बगेर बेपत्ता भएका छन्।
 
वेपत्ता हुनेमा मानबहादुर थापाका सात वर्षीय छोरा बिराज थापा रहेका छन् । बालक बिहान नौ बजेतिर घट्टे खोला तर्ने क्रममा बगेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। 

बेपत्ता बालकको खोजी कार्य जारिरहेको र अहिले सम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले खोजकार्य जारी राखेको बेपत्ता बालकका आफन्त वसन्त थापाले जानकारी दिए । बालक एलकेजीमा मालिका पिस जोन बोर्डिङ स्कुलमा अध्यायनरत थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।