शुक्रबार, असार ५, २०८३

शाओमीले ल्यायो मनसुन अफर

शाओमीले मनसुन अफर सार्वजनिक गरेको छ। रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११ प्रोको कुनै पनि भेरिएन्टमा छुट हुनेछ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– शाओमीले मनसुन अफर सार्वजनिक गरेको छ। रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११ प्रोको कुनै पनि भेरिएन्टमा छुट हुनेछ। त्यस्तै शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२एक्स ८जिबी/२५६ जिबी खरिद गर्नेलाई लक्षित गरेर आकर्षक मनसुन अफर ल्याएको हो।

National life

यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन रमी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन्। 

यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि १९९ रुपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ।

त्यस्तै ८जिबी/२५६ जिबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो १४९९ मा पाउनेछन् । 

प्रकाशित: Jul 13, 2022| 14:40 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्