शुक्रबार, वैशाख ७, २०८१

बलात्कारलाई लिएर टेलिभिजनमै मजाक, रमेश उप्रेती भन्छन्- ‘हल्का रमाइलो’

‘दाइ म त भिलेन नै खेल्ने भन्छ। किन भिलेन खेल्ने भनेको, भिलेनको त रेप सिन हुन्छ नि, हा हा हा हा हा।’ ‘मेरो एउटा साथी छ’ टेलिभिजन कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक नारायण पूरीले बोलेको अंश हो, यो।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- ‘दाइ म त भिलेन नै खेल्ने भन्छ। किन भिलेन खेल्ने भनेको, भिलेनको त रेप सिन हुन्छ नि, हा हा हा हा हा।’

triton college

‘मेरो एउटा साथी छ’ टेलिभिजन कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक नारायण पूरीले बोलेको अंश हो, यो। कुराकानी सँगै फुरेको हाँसोलाई ‘हल्का रमाइलो’ भन्दै अभिनेता रमेश उप्रेतीले रोक्ने कोसिस गरेका छन्। 

अभिनेता रमेश उप्रेतीको भनाइलाई थप बुझाउने कोसिस गर्न खोजेका पुरीको यो अभिव्यक्तिसँगै रमेश उप्रेती थप विवादमा तानिएका छन्।

चलचित्रमा बलात्कार गर्ने खल–नायकको भूमिका निर्वाह गर्दा आनन्द आउने कुरा रमेशले कुनै दिन पुरीसँग भनेको सम्झिएका हुन् उनले। जसलाई हलुका रमाइलो भनेर पन्छाउन खोजेका छन् उप्रेतीले। तर, निर्देशक पुरीले भने सम्झिएर आनन्द लिए।  

के हल्का रमाइलो भन्दै बलात्कार जस्तो संवेदनशील विषयमाथि यति हलुका अभिव्यक्ति दिन मिल्छ? 

corrent noodles
Metro Mart

नेपाली सिनेमा क्षेत्रका हस्तीले सिनेमाको कथालाई मात्रै सम्झिएर जहाँ पनि बलात्कारलाई सस्तो रूपमा लिइदिने हो?

चर्चामा आउन खोजेर होला भनौं त सिनेमा क्षेत्रका चर्चित कलाकार त हुन् रमेश। सिनेमा नपाएर होला भनौं त आफैँ निर्माता पनि भइसकेका छन् उनी। तर, उप्रेती बलात्कारजस्तो विषयमा गम्भीर किन हुँदैन त?
यसरी टेलिभिजनमै बलात्कारजस्तो विषयलाई लिएर मजाक गर्नु कलाकार मात्रै नभएर प्रस्तोतामाथि पनि प्रश्न नआइरहन सक्दैन। प्रस्तोता नरेश भट्टराईले मे ८ मा प्रस्तुत गरिएको कार्यक्रमको फुर्टेज क्लीप अहिले बाहिरियो। प्रस्तोता भट्टराईले सम्पादनको क्रममा भिडियो क्लिप हटाउन पनि सक्थे। तर, गम्भीर विषयमाथि हल्का अभिव्यक्ति दिएको भिडियो क्लिपलाई युट्युबमा भ्यूज बटुल्ने माध्यम बनाए भट्टराईले।

जस कारण अभिनेता रमेश उप्रेती नै बढी विवादमा तानिए। 

फेरि अभिनेता उप्रेतीले जहाँ बोल्छन् त्यहाँ कुरा चिप्लाई हाल्छन्। 

चर्चामा आउन खोजेर होला भनौं त सिनेमा क्षेत्रका चर्चित कलाकार त हुन् नै। सिनेमा नपाएर होला भनौं त आफैँ निर्माता पनि भइसकेका छन् उनी। तर, उप्रेती बलात्कारजस्तो विषयमा गम्भीर किन हुँदैन त?

उनले केही समय अगाडि एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा भनेका छन्, ‘बलात्कार हुँदा चिच्याउनु पर्छ।’

आफूलाई जोगाउन सकेसम्म मानिस रुन्छ, कराउँछ, चिच्याउँछ। यो विषय उनले भनिरहनु पर्दैन। न उनी कुनै परामर्शदाता हुन्। न कुनै न्याय दिने अदालत हुन्। जुन विषयमाथि ज्ञान छैन त्यस विषयमाथि बोल्नु भनेको सही-गलत छुट्याउन नसक्नु पनि हो। 

बलात्कारमाथि उप्रेतीले बनाएको धारणाकै कारण उनीबाट सस्तो अभिव्यक्ति आएको हुनसक्छ। किनकि उनले यस्तो अभिव्यक्ति अघिल्ला कार्यक्रममा पनि दिएका छन्। 

पल शाह प्रकरणलाई उनले बलात्कार नै होइन भन्ने अभिव्यक्ति दिए, ‘उनीहरूबीच सम्बन्ध भयो होला। तर, बारबार बलात्कार हुँदै हुँदैन। यो कुरामा म क्लियर छु। पल शाह पीडक हुँदै होइन। उसले त्यति ठूलो क्राइम गरेकै होइन। तर, कहिले काहीँ राम्रो मान्छेले पनि परीक्षा दिनुपर्छ।’

यस्तो सस्तो अभिव्यक्ति दिँदा चौतर्फी आलोचना खेप्नु परेको थियो उनले। 

बलात्कार विषय सामान्य हो भन्दै गर्दा उनले पितृसत्तात्मक समाजको शोषक पुरुष मानसिकताको प्रतिनिधित्व गरेको भान हुन्छ। 

कुन विषयमा के बोल्नुपर्छ र आफूले बोल्ने शब्दको अर्थ के हुन्छ भन्ने कुराको हेक्का नै गर्दैनन् यी कलाकार। मुखमा आएको कुरा सेन्सर नगरी बोलिदिन्छन्। यसैले बेला–बखतमा कलाकारहरू आफ्नै बोलीले आलोचित र विवादित बन्न पुग्छन्। 

कलाकारितामार्फत कलाकारले सिंगो समाजलाई मार्गदर्शक गरिरहेको हुन्छ। तीनै कलाकार समाजप्रति रत्ती जिम्मेवार नभएजसरी गम्भीर विषयमाथि पनि हलुका अभिव्यक्ति दिन्छन्, जस कारण कला क्षेत्र नै बदनाम हुन पुग्छ। 

अधिकारकर्मीहरू यतिखेर महिलामाथि हुने जघन्य अपराधका विरुद्ध एक भई आन्दोलनमा उत्रिएका छन्। बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गरिरहेका छन्। तर, चलचित्र क्षेत्रको केही हस्तीहरू भने बलात्कार जस्तो संवेदनशील विषयमाथि हलुका रमाइलो अभिव्यक्ति दिइरहेका छन्। 

सामाजिक सञ्जालमा केशव थापाको ट्वीटलाई रिट्वीट गर्दै जुगल भुर्तेले लेख्छन्, ‘कथित गहनाहरूबाट यही स्तरको चेतना प्रदर्शन भइरहने हुँदा केही आसलाग्दा नेपाली कलाकारले पनि समाजबाट पाउनु पर्ने सम्मान पाउन सकेका छैनन्। चेतनाको यो स्तर भएको मानिस कलाकार चैँ हुन सक्दैनन्।’

एउटा कलाकारको चलचित्रमा मात्रै भूमिका हुँदैन। तीनको भूमिका समाज र समुदायप्रति पनि सकारात्मक हुनुपर्छ। सस्तो चर्चा बटुल्न बोलिने सस्तो अभिव्यक्तिले कानुनको मात्रै अवहेलना गर्नु होइन सिंगो समाजप्रति नै इमानदार नुहुनु हो।

प्राइम टाइम टेलिभजनमा प्रस्तुत कार्यक्रम मेरो एउटा साथि छको भिडियोलाई केशव थापाले ट्वीट गर्दा जुगल भुजेलले रिट्वीट गरेका छन्।

प्रकाशित: Jul 13, 2022| 14:16 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्