मंगलबार, चैत ३, २०८२

सनराइज बैंकको निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर

सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ।

National life

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा सम्भावित रोग समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले बताए। उनका अनुसार उक्त कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा श्री वरदायणी आधारभुत विद्यालयको प्रांगण, भगवतीस्थानमा गरिएको हो।

असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तर्क्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब एक सय २० जना स्थानीय महिला सहभागी थिए। सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको छ।

बैंकले केही समय अगाडी पनि नेपाल मधुमेही समाजसँगको सहकार्यमा काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको थियो।

बैंकले नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्तर्गत महिलाहरूलाई ५ लाखसम्मको घातक रोग खर्च दिइरहेको छ।

Laxmi sunrise bank
kumari

महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरू यस योजनामा समेटिएको छ। साथै, बैंकले महिलाहरूलाई प्रसुति खर्च स्वरुप १० हजार रुपैयाँसम्म र अस्पताल भर्ना र ओपिडी खर्च गरी एक लाख रुपैयाँसम्म बीमा बापतको रकम  समेत दिँदै आएको छ। 

प्रकाशित: Jul 13, 2022| 13:29 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्