शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकहरुलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९
National life
Shivam cement

काठमाडौं– सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकहरुलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे।

उक्त सम्झौता अनुसार केबलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी टिकट खरिद बापत १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: Jul 13, 2022| 13:02 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्