शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच गाभ्ने–गाभिने प्रारम्भिक सम्झौता

रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच गाभ्ने–गाभिने प्रारम्भिक सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको असार २९ गते बसेको सञ्चालक समितिको १० औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्र को मस्यौदा स्विकृत गरी सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्प
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको असार २९ गते बसेको सञ्चालक समितिको १० औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्र को मस्यौदा स्विकृत गरी सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान गर्ने तथा बीमा समिति लगायत सम्बन्धित निकायहरुमा आशयपत्र पेश गर्ने निर्णय गरेको छ। 

National life

सोहीअनुसार एक समारोहका बिच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका छन्। 

दायित्व तथा सम्पत्ति मूल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको छ। उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो। 


प्रकाशित: Jul 13, 2022| 12:53 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्