शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन्। हिजो कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन्। हिजो कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन्।

National life

उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो। २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ।

माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ । सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्सुरेन्स कम्पनी उत्कृष्ट विमा कम्पनीको रुपमा परिचित छ ।

२ अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचत व्यत्ति तथा समुहरुको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरुमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्ण प्रसाद शर्मा रहेका छन्।

प्रकाशित: Jul 13, 2022| 12:45 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्