बुधबार, असोज २८, २०८३

१४.०३ अंकले सेयर बजार ओरालो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ। 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ। आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ। 

कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो। गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो। 

आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ। स्टकका अनुसार बैंकिङ ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, जलविद्युत् ११.३, फाइनान्स ५.४८, निर्जीवन बीमा १०३.२६, उत्पादन १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ र जीवन बीमा ६४.८६ बिन्दुले घटेको छ।

नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्